धनगढीले क्लष्टर अनुसार क्यारेन्टाईनको तयारी गर्दै  
2020/05/21, 6:40
 
meeting

धनगढी उप–महानगरपालिकाले भारत लगायत तेश्रो मुलुकबाट आएका व्यक्तीहरुलाई क्लष्टर अनुसारको क्वारेन्टाईन बनाएर राख्ने भएको छ । बिहिबार बसेको नगर स्तरीय बिपद ब्यबस्थापन समितिको बैठकले यसरी वडाहरुलाई क्लष्टरमा विभाजन गरेर क्वारेन्टाईन बनाउने निर्णय गरेको हो ।

बैठकले वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालको संयोजकत्वमा नगरको कोभिड १९ उप–समिति गठन गरेर काम थालेको छ । एउटै ठाउँमा धेरै व्यक्तीहरुलाई राख्दा व्यवस्थापन गर्न समस्या हुने र त्यसले जोखिम पनि बढाउने भएकाले २÷३ वडा वडालाई मिलाएर एउटा क्लष्टर बनाएको हो ।

नगरको कोभिड १९ उप–समितिका संयोजक बरालका अनुसार वडा नं १, ३ र ४ को एउटा क्लष्टर, ६, ७ र ८ को एउटा क्लष्टर, १५ र १७ को एउटा क्लष्टर, ९, १० र १२ को एउटा क्लष्टर, १४ र १९ को एउटा क्लष्टर, ११ र १३ को एउटा क्लष्टर बनाउने भएको छ । त्यसैगरी वडा नं २, १६ , १८ र ५ को वडा तहमा नै क्वारेन्टाईनको तयारी हुदैछ ।

 रेखदेखका लागि क्वारेन्टीन स्थापना गरिने वडाको वडा अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ ।