हेलिकप्टर नआएपछि व्यासको छाङ्गरु पैदल हिडे सशस्त्रका कमाण्डर
 
sima naka

सरकारले कालापानी नजिकैको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको कमाण्डरको जिम्मेवारी सम्हाल्न गएका कमाण्डर हेलिकप्टर आउन नसक्दा पैदल व्यासको छांगरु प्रस्थान गरेका छन । गत साउन २३ गते व्यासको नेतृत्व सम्हाल्न दार्चुला पुगेका डिएसपी धिरेन्द्र शाह पैदल व्यासको लागि हिडेका हुन । 

हेलिकप्टर आउँछ भनेर सदरमुकाम खलंगामै एक महिनादेखि रोकिएका डिएसपी शाही १३ जनाको टोली लिएर पैदल छागरु प्रस्थान गरेका हुन ।  नेपालकै बाटो भएर छांगरु पुग्न राम्रो बाटो नभएको अवस्थामा जोखिम मोलेरै सशस्त्र प्रहरीको टोली छांगरु हिडेको हो । सदरमुकाम खलंगाबाट छांगरु पुग्न ४ दिन समय लाग्छ । 

सशस्त्र प्रहरीको व्यासमा स्थापना भएको गुल्मको सिलन्यास गर्न गहृमन्त्री रामबहादुर थापा आउने तयारी भएपछि डिएसपी शाह पैदल छांगरु प्रस्थान गरेका हुन ।  सुरक्षा स्रोतका अनुसार गृहमन्त्री आउने भएपछि व्यासको छांगरुमा गुल्म सिलन्यासको पूर्व तयारी गर्न शाह नेपालकै भूमि भएर पैदल छांगरु प्रस्थान गरेका हुन । सशस्त्र प्रहरी नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणएपति एसपी नरेन्द्र वमले भने गुल्मको शिलन्यासको कुराकानी भइरहेको भए समय निश्चित भइनसकेको बताए ।

उनीहरुले आफ्नो लुगा मात्रै बोकेर गएका छन् । छांगरुको गुल्मको लागि जाने अन्य टोली सदरमुकाम खलंगामै छन् । हातहतियार यसअघि बीओपीमा बसेकाहरुको लागि खाद्यान्न ढुवानी गर्न बाँकी छ । गृहमन्त्री आउँदा थप हेलिकप्ट मार्फत छांगरुमा हतियार र खाद्यान्न सामग्री र बन्दोबस्तीका समान ओसार्ने सशस्त्रको तयारी छ ।