
लायन्स क्लब अफ धनगढी इनोभेटिभले गौरीफन्टा नाकामा तीन दिनको अवधिमा नौँ सय जनालाई खाना खुवाएको छ । भदौ २५ गतेदेखि खानामा भारतबाट फर्किने नेपालीहरुलाई खाना र पानीको प्रबन्ध मिलाउँदै आएको लायन्स क्लबले नौ सय जनालाई वितरण गरिएको जनाएको छ ।

लायन्स क्लब अफ धनगढी इनोभेटिभका अध्यक्ष विजय अवस्थीले पहिलो दिन बिहिबार, शुक्रबार र शनिबार गरी तीन÷तीन सय जनालाई खाना खुवाईएको बताए । उनका अनुसार शनिबार अवस्थी ग्रुपले वर्ष २००९÷१० का अध्यक्ष जगदिश प्रसाद अवस्थीको सम्झनामा लायन्स क्लबलाई सहयोग गर्दै खाना खुवाएको थियो ।
क्लबले दाताहरु जुटेमा १५ दिनसम्म खाना खुवाउने योजना बनाईएको जनाएको छ । धनगढी इनोभेटिभले सुरु गरेको अभियानमा स्वईच्छाले जोडिएर सहयोग गर्न समेत आग्रह गरेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15