सीताराम ओझा- ३८ बर्षीय सागर ओझाले बैंकमा जागीर थालेको १५ बर्ष वितेको छ । ईन्टरसीपको काम गर्न थालेका उनी अहिले बैंकको प्रदेश प्रबन्धकको रुपमा काम गरिरहेका छन् । पछिल्लो डेढ बर्षदेखि उनले मेघा बैंक लिमिटेडको प्रदेश हेरिरहेका छन् उनले ।
मेघा बैंकमा जागीर थालेको ढाई बर्ष वितेको छ उनलाई । छोटो समयमै काम प्रति लगावले बैंक व्यवस्थापनले पत्याएपछि उनले प्रदेश प्रबन्धक रुपमा काम गरिरहेका हुन् । उनको मातहतमा प्रदेशभरी ९ वटा शाखा र चार वटा एक्सटेन्सन काउण्टर रहेका छन् ।
उनी काम गर्दा टीम वर्कमा विश्वास राख्छन् । कर्मचारीहरुलाई काम गराउन पारिवारिक वातावरण बनाएर उनीहरुको विश्वास जित्नुपर्ने तर्क राख्छन् उनी । अहिले बैंकिङ क्षेत्रमै रमाईरहेका छन् उनी । जहाँ काम गरे पनि राम्रो काम गरेर देखाउनुपर्ने र त्यसपछि अवसरहरु आफैं आउनेमा विश्वास राख्छन् उनले । त्यही कारण उनी प्रमोशनमा कहिल्यै रोकिएनन् । समय अनुसार कामको मुल्यांकन भएको मान्छन् ।
मेहनत परिश्रम र काम देखाएर यहाँसम्म आईपुगेका उनीको विगत भने निकै दुःखदायी थियो । डोटी गडसेराका उनको जन्म भारतमै भयो । बुबा भारतमै काम गर्ने आमा पनि भारतमै । दुई दिदी र उनी भारतमै जन्मिए पनि उनका बुबाले सानो उमेरमा पहाड ल्याएर छोडे । त्यसपछि बुबा वेपत्ता भए । सम्पर्कमा आएनन् । अर्काको खेत लगाएर भएपनि उनलाई र उनका दिदीलाई हुर्काउन उनकी आमाले ।
कक्षा ५ सम्म गाउँमै पढे उनी । मामाको सहयोगमा उनीहरुले सानो कक्षा पहाडमै पढे । त्यसपछि सागर धनगढी झरे । ठुलो आमाकी छोरीले पढाउने जिम्मा लिईन् । कक्षा ६, ७ र ८ शारदा माविमा पढे । कक्षा ९ र एसएलसी एभरेष्ट स्कुलबाट दिए । पढाईमा अब्बल उनले एसएलसी पास गरे । त्यसपछि प्लस टु, ब्याच्लर र डिग्री कैलाली वहुमुखी क्याम्पसबाट पास गरे । त्यहाँसम्मको सवै खर्च दिदी राधा भण्डारी र भिनाजु जयराज भण्डारीले व्यहोरे ।
स्नातक दोस्रो बर्षमा पढ्ने वेलामा उनका भान्जा युनिसेफमा काम गर्थे । उनले पनि त्यहाँ जागीर पाए । झण्डै ६ महिना जागीर खाए । जागीर सकिएपछि वेरोजगार भए । भिनाजुको पसल थियो धनगढी बजारमा त्यहाँ पनि काम गरे केही समय । धनगढीको जाली र सेहरीमा जमीन थियो उनको ।
युनिसेफमा काम गर्ने क्रममा बचाएकोमा पैसाले जाईमा झुपडी बनाए । आमा र दिदीहरुलाई यहाँ ल्याएर राखे ।
भिनाजु व्यापारी । बैंकका कर्मचारीसँग उठबस र भेटघाट भईरहने । भिनाजु मार्फत बैंक अफ काठमाण्डौंमा ईन्टरसीप खुलेको थाहा पाए । आवेदन थिए, ईन्टरसीपका लागि छानिए ।
सन् २००५ मा उनले बैंक अफ काठमाण्डौंमा काम गरे । दैनिक ज्याला एक सय रुपैयाँ थियो । शनिवार र विदाको दिनको ज्याला पाईदैन थियो । ६ महिना जति दैनिक ज्यालादारीमा काम गरे । ५ महिनापछि पार्ट टाईममा काम थाले । दिनको ५ घण्टा काम गर्नुपर्ने दैनिक ज्याला दुई सय पचास अर्थात एक घण्टाको ५० रुपैयाँ । त्यसमा पनि शनिवार र विदाको दिनको हिसाब हुदैनथ्यो ।
एक बर्ष जति त्यसरी नै काम गरे सागरले । करारमा जागीर खुलेपछि त्यसमा मौका पाए । तीन बर्ष काम गरे करारमा पनि । त्यसपछि स्थायी कर्मचारी भए बैंक अफ काठमाण्डौंमा ।
अधिकांश समय बैंक अफ काठमाण्डौंमै विताए । धनगढीमा एक बर्ष काम गरेपछि शाखा प्रबन्धक भएर डडेल्धुरा गए । चार बर्ष काम गरे डडेल्धुरामा । उनी जानु अघि लगानी शुन्य प्रायः जस्तै थियो । डडेल्धुराका भिरपाखाहरुको फोटो काठमाण्डौं पठाउँदा लगानी गर्न नाईनास्ती हुन्थ्यो । तर उनले वैंक व्यवस्थापनलाई सम्झाए ।
बैंक तयार भयो लगानी गर्न । उनले डडेल्धुरा शाखा छोड्दा १५ करोड बचत र २० करोड लगानी भएको थियो । त्यहाँबाट बर्दिया गए । त्यहाँको अवस्था पनि त्यस्तै लगानी शुन्य प्रायः जस्तै थियो ।
दुई बर्षको बर्दिया बसाईमा पनि बैंकलाई राम्रो स्थानमा पुराए । उनले त्यहाँबाट बिदा हुँदा बैंकको लगानी २० र बचत १५ करोड थियो । बैंक अफ काठमाण्डौंको नयाँ शाखा खुल्यो कञ्चनपुरको वेलौरीमा । स्थानीय हुँदा सहज हुने सोचिरहेको थियो बैंक व्यवस्थापनले । त्यहाँ चिनी मिल भएको हिसाबले किसानहरुलाई लक्षित गरि खोलिएको बैंक थियो बैंकको शाखा ।
उनलाई शाखा प्रबन्धक बनाएर पठायो बैंकले । पहिलो दिनमै एक हजार खाता खुल्यो भने दुई करोड लगानी भयो । साना किसानहरुसँग काम गर्ने अवसर पाए । ६ महिनामै बैंकको शाखालाई नाफामा ल्याउन सफल भए । दुई बर्ष जति काम गरे उनले । त्यो बेलासम्म सात हजार ग्राहक र २५ करोड लगानी पुराए ।
प्रमोशनका लागि बैंकको आन्तरिक परिक्षा भयो । उनले दिए । पास भए । क्षेत्रीय कर्जा प्रबन्धक भएर काम गरे । त्यहाँ काम गरिरहेका वेला उनलाई मेघा बैंकमा राम्रो अवसर आयो । साढे १२ बर्षकाम गरेको बैंक फ काठमाण्डौं छा्ेडेर मेघा बैंक गए उनी । शाखा प्रबन्धक भएर गएका उनी अहिले प्रदेश प्रबन्धक भएर काम गरिरहेका छन् ।
बैंक अफ काठमाण्डौंमा काम गर्दै गर्दा सँगै काम गर्ने दुर्गा मिश्रसँग माया वस्यो । आर्थिक स्थिति मिल्ने अवस्था थिएन् । छोरी दिन्छन् की दिदैंन भनेर दोधारमै थिए । दुर्गालाई माग्न पुग्यो । दुर्गाको परिवारले स्वीकार गर्यो । विहेवारी भएको पनि अहिले दश बर्ष पुगिसकेको छ । दुई छोरा छन उनीहरुका । श्रीमति पनि ग्लोबल आईएमई बैंकको अत्तरिया शाखामा कर्जा विभागमा काम गरिरहेकी छिन् । सागरको परिवारको वसाई अहिले तारानगरमा छ ।
घरमा बुबा, आमा, श्रीमति र दुई छोरासँगै बस्छन् । भारतमा २१ बर्षसम्म वेपत्ता भएका उनका बुबा पनि सात हजार भारु ल्याएर घर फर्किएका छन् । वेपत्ताको कारण उनले सोध्ने र जान्ने प्रयास गरेनन् । न त बुबाले नै भने । अहिले सुखमयी जीन्दगी वितिरहेको छ सागर ओझाको ।
जन्मदिने बुबा आमासँगै कर्म दिने दिदी भिनाजु नै उनको सफलताका सहयात्रीहरु हुन् । उनीहरुकै कारण यो उचाईमा पुगेको मान्छन् उनी । सागरलाई आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको कामना ।