कैलालीको गौरीफन्टा नाका भएर ४ हजार १३१ नेपाली भित्रिए (भिडियो सहित)
2020/05/22, 7:26
 
sima

भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट चार हजार एक सय ३१ जनाको उद्धार भएको छ । चार दिनमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको स्थानीय प्रशासनको समन्वयमा उद्धार भएको हो । 

विहीवार गौरीफन्टा नाकाबाट दुई हजार चार सय ७८ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरु मध्ये ८ सय २१ जनालाई अहिले पनि धनगढी उप–महानगरपालिका वडा नम्वर २ को नवदुर्गा माविको क्वारेन्टाईनमा राखिएको र अन्यलाई सम्बन्धित पालिकामा पठाईएको उनले बताए ।

यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट ८ सय २५ जना मजदुरको स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको थियो । त्यस्तै जेठ २ र ३ गते ९ सय २८ जनाको उद्धार गरिएको थियो । सीमा क्षेत्रमा पुग्नेहरुको संख्या वढिरहेकोले उनीहरुलाई थप उद्धार गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

धनगढीमै रहेका नेपालीलाई आज स्थानीय तहसँग समन्वय गर्दै सम्बन्धित पालिकासम्म पठाउने तयारी भईरहेको छ ।