
सुदूरपश्चिम प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्वर ४ का एक जना र बझाङको दुर्गाथली गाउँपालिका वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15