सांसद झपट रावलद्धारा निर्वाचन क्षेत्र नम्बर २ मा स्वास्थ्य सामाग्री सहयोग
2020/05/22, 7:47

कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद झपट रावलले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन । विश्वभर फैलिएको कोरोना महामारीको बेला आफ्नो क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

सांसद रावलको पहलमा २ सय ६० थान पिपिई सेट उपलब्ध गराइएको सांसदको सचिवालयले जानकारी दिएको छ । सहयोग गरिएका पिपिई लम्की अस्पताल र क्षेत्र नम्बर २ का जानकी, वर्दगोरिया तथा मोहन्याल गाउँपालिकाका स्वास्थ्य संस्थामा आवश्यकता अनुसार वितरण गरिएको साँसद रावलले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39