
कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्थित खुटिया नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मलाखेतीले दिएको जानकारी अनुसार अन्दाजी ५५÷६० बर्षिय ति पुरुषको शव बुधवार खुटिया पुल भन्दा ५ किलोमिटर पर उत्तर खुटिया नदीको किनारमा फेला परेको हो । उनको सनाखत भने हुन सकेको छैन् ।

कपाल फुलेको , सेतो हाफ सर्ट, निलो पाइन्ट लगाएको पुरुष को हुन भन्ने बारे अझै खुल्न नसकेको र कसैले चिनेकोको भए प्रहरीलाई सम्पर्क गर्न ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बताए । अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11