
बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।
बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ । खोलामा आएको बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09