
दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो।
उनीहरुलाई भजनी नगरपालिकाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

उनीहरु दुवै जना अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन्। घटनाको अनुसन्धानमा सहयोग पुगाउनका लागि दुबै जनालाई अनेरास्ववियूले संगठनको सम्पूर्ण जिल्ला सदस्यबाट निलम्बन गरेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11