सुदूरपश्चिममा ८१७ जना एक्टिभ केस, कुन जिल्लामा कति छन संक्रिय संक्रमित ? 
2020/09/19, 7:09
 
corona

सुदूरपश्चिम प्रदेशमा आड सक्ष् १७ जना एक्टिभ केस अर्थात सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको हो । 

कैलालीमा सवैभन्दा वढी चार सय ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी डोटीमा एक सय १९, अछाममा ६६, बैतडीमा ६५, बझाङमा ५९, कञ्चनपुरमा ५१ जना एक्टिभ केस रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जानकारी दिए । त्यस्तै बाजुरा, डडेल्धुरा र दार्चुलामा ९, ९ जना संक्रिय संक्रमित रहेका छन् । 

सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय २४ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८३, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार सात सय ५३ रहेको छ । संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार सात सय ५३ रहेको छ । संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।