
आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज सुदूरपश्चिम प्रदेशमा पनि संविधान दिवस मनाइँदैछ। दिवसको अवसरमा कैलालीमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका सम्पूर्ण सरकारी निकाय र प्रतिष्ठान, संघसंस्था, कार्यालय, स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा दिवस मनाउन अनुरोध गरेको छ। जसअनुसार अरोज २, ३ र ४ गते सबै कार्यालयलाई राष्ट्रिय झण्डा फरफराउन र सर्वसाधारणलाई साझ दिप प्रज्वलन गर्न भनिएको छ।
यस्तै संचारमाध्यमले उक्त समयमा संविधान सम्बन्धी सन्देश तथा कार्यक्रम प्रसारण/प्रकाशन गर्न भनिएको छ। शहिदहरुलाई सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न धार्मीक स्थलमा पूजापाठ तथा प्राथना गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09