
अछामको साँफेबगर नगरपालिका ९ बुढाकोटमा एक बालकको हत्या भएको छ । वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताए ।

हत्यामा संलग्न भएको आरोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिए । पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा ल्याइएको छ । यस्तै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ ।
प्रहरी निरीक्षक भट्टका अनुसार बालकको मुख र टाउकोमा चोट लागेको छ । मृतक बालकका बुवाको ८ वर्ष अघि निधन भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19