सुदूरपश्चिमका ५७३१ जनाले कोरोना जिते, ८४९ संक्रिय संक्रमित
2020/09/20, 9:28
 
corona

सुदूरपश्चिम प्रदेशका थप ७ जनाले कोरोना जितेका छन्।  प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार थप ७ जनाले कोरोना जितेको जानकारी दिईएको छ। मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालबाट एक र कञ्चनपुरबाट ६ गरी शनिबार ७ जनालाई डिस्चार्ज गरिएको छ। योसंगै प्रदेशमा पाँच हजार सात सय ३१ संक्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ७ सय १ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८३, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय ४९ रहेको छ।

कैलालीमा चार सय ४०, डोटीमा एक सय १९, अछाममा ६६, बैतडीमा ६७, बझाङमा ६१, कञ्चनपुरमा ४५, दार्चुलामा ३० जना, डडेल्धुरा १२ र बाजुरामा ९ संक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार सात सय ७५ रहेको छ।

संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ।