सुदूरपश्चिममा आचरण विपरित काम गर्ने १६५ प्रहरीलाई कारवाही, ७६९ प्रहरी पुरस्कृत
2020/09/20, 3:12
 
police

सुदूरपश्चिम प्रदेशमा पेशागत मर्यादा विपरित काम गर्ने डेढ सय बढि प्रहरी कारवाहीमा परेका छन । गत वर्ष प्रदेशका ९ वटै जिल्लामा रहेका विभिन्न प्रहरी कार्यालयमा कार्यरत एक सय ६५ जना प्रहरी कारवाहीमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।

उनका अनुसार यसरी कारवाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि प्रहरी निरिक्षकसम्मका प्रहरी कर्मचारी रहेका छन । उनीहरुलाई समान्यदेखि बर्खास्त सम्मको कारवाही गरिएको प्रहरी निरिक्षक पातलीले बताए । आर्थिक वर्ष २०७६÷७७ मा सात सय ६९ जना प्रहरी पुरस्कृत भएका छन ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी पातलीका अनुसार पेशागत मर्यादा अनुसार काम गर्ने कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी उपरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले राम्रो काम गर्नेलाई पुरस्कृत र गतल गर्नेलाई दण्डीत गर्ने नीति अनुसार कारवाही र पुरस्कृत गरिदै आएको बताए ।

उनले राम्रोलाई कामप्रती थप प्रोत्साहित र उत्प्रेरित गर्न पुरस्कृत गर्दै आएको बताउँदै पेशागत मर्यादा विपरित काम दण्डित हुने भएकाले  गलत काम गर्न नहुने तर्फ सबै प्रहरी कर्मचारीलाई सचेत गराउन विभागीय कारवाही गरिदै आएको जानकारी दिए ।