
धनगढी स्थित दिनेश सञ्चार गृहमा आक्रमण गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समीर विक पक्राउ परेका छन् । विकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गेबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेका विक धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा हुन् । मेयरको राजनीतिक आडको फाईदा उठाउँदै विकले गत भदौ २६ गते आक्रमण गरेको दिनेश सञ्चार गृहले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा धनगढी ५ का १९ वर्षीय युवक रोशन विकको मृत्यु भएको घटनामा सञ्चार गृहबाट प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै भदौ २६ गते विकको समूहले आक्रमण गरेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11