सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ । आईतबार प्रदेशका चार वटा प्रयोगशाला मार्फत भएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएइसँगै संक्रमितको संख्या ६ हजार अठ सय १९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कैलालीमा सबैभन्दा बढि दुई हजार एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा एक हजार ४७ जना, अछाममा नौ सय ८९ जना, कञ्चनपुरमा सात सय ४९ जना संक्रमित छन । बझाङमा चार सय ६३, बाजुरामा चार सय ५३, बैतडीमा तीन सय ९४, डडेल्धुरामा तीन सय २८ र दार्चुलामा ७६ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
उनीहरु मध्ये पाँच हजार सात सय ४६ जनाले कोरोना जितेका छन् । कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन् । बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेको दावी गरिएको छ । प्रदेशभर अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।