क्रिकेटर ललित भण्डारीको स्वास्थ्यमा सुधार, आइसीयुबाट क्याबिनमा सारियो
2020/09/21, 11:13

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भन्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा सफल शल्यक्रिया पछि उनलाई क्याबिनमा सारिएको छ ।

पूर्व कप्तान पारस खड्काले भण्डारीलाई आइसीयुबाट क्याबिनमा सारिएको बताएका छन् । भण्डारीको असोज १ गते ग्रान्डी अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पान्डेको नेतृत्वमा ललितको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।
भदौ २९ गते धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनीसँग रहेका करन ठगुन्ना घाइते भएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00