सुदूरपश्चिम प्रदेशमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका २६, बझाङका १६, कञ्चनपुरका पाँच जना, डडेल्धुराका चार, अछाम र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सुर्नाया–४ बैतडीका एक जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३ का ६ जना, वडा नम्वर १२ का दुई जना, वडा नम्वर १७ का दुई जना र वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको बताए।
घोडाघोडी नगरपालिका वडा नम्वर १ का ६ जना, भजनी नगरपालिका वडा नम्वर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना र कैलारी गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का एक जना, महाकारी नगरपालिका वडा नम्वर ६ का एक जना, पुनरवास नगरपालिकाका दुई जना र बेदकोट नगरपालिका वडा नम्वर ५ का एक जनामा संक्रमण पुष्टि भएको हो।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६ जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार उनी अछामको रामारोशन गाउँपालिकाका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ९ सय दुई पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार ८ सयले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ।