कहाँबाट आएका थिए सुदुरपश्चिमका पाँच जना संक्रमित ?
2020/05/22, 6:06
 
korona

कैलालीमा आज एकै दिन तीन जनामा कोरोना संक्रमित पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तीहरुको खोजी सुरु भएको छ । यसअघि कैलालीमा धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकाका दुई÷दुई जना संक्रमित भेटिएका थिए । उनीहरु सवै जना भने कोरोनालाई जितेर घर फर्किएका छन्

। दुई जना भेटिएको लम्की चुहा नगरपालिका र टीकापुर नगरपालिकासँग जोडिएको जानकारी गाउँपालिकाका दुई वडामा तीन जना संक्रमित भेटिएका हुन् । जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

उनीहरु ईटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको पाईएको छ । वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै भारतको महाराष्ट्रबाट फर्किएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिईन् । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना ईटहरी र एक जना बाँकेबाट फर्किएको थाहा भएको उपाध्यक्ष महतोले बताईन् ।  ईटहरीबाट आएका युवक वैशाख ३० गते त्यहाँ पुगेका थिए ।

अर्का सक्रमित युवक जेठ ३ गते बाँकेबाट त्यहाँ पुगेका थिए । उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो ।

बैतडीमा भेटिएका संक्रमित भने प्रहरी थुनामा रहेका युवक हुन । चैत्र ६ गते भारतबाट आएका थिए । उनलाई एक युवतीको हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेको थियो ।

यस्तै डडेलधुरामा संक्रमण भेटिएका पुरुष भने सदरमुकाम स्थित एक सरकारी कार्यालयमा कार्यरत छन । हाल उनी सदरमुकाममै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।