सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।
निर्देशनालयका अनुसार कैलालीमा ४ सय ७०, डोटीमा १ सय १८, अछाममा ७७, बझाङमा ८९ र कञ्चनपुरमा ४५ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । यस्तै बैतडीमा ६९, डडेल्धुरामा १६, बाजुरामा ९ र दार्चुलामा ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
संक्रिय संक्रमित मध्ये ४७ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका ५ हजार ७ सय ५१ जनाले कोरोना जितेका छन ।
सोमाबार थप सेति प्रादेशिक अस्पतालबाट ४ र डोटीबाट १ जना सक्रमित कोरोना जितेर घर फर्किएका छन ।