साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ । प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको हो ।
सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले घाटी रेटेको अवस्थामा फेला परेका चन्दको हत्या गरिएको परिवारले आरोप लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमशेर जबराले प्रहरीमाथि कारबाहीको प्रक्रिया जारी रहेको जानकारी दीए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/01/24, 2:34