
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बुधवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पताल सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–भमहानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। योसंगै धनगढीमा संक्रमितको संख्या ५ सय नाघेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40