
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा कैलालीका ३५ जना र कञ्चनपुरका एक जना गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्बर वडा नम्बर २ र १३ का ८÷८, वडा नम्बर १, ३ र ५ का २÷२ जना, वडा नम्बर ४, ११, १४ र १८ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको गोदावरीका आठ जना, भजनीका एक जना र कञ्चनपुरको कृष्णपुरका एक जना गरी ३६ जनामा कोरोना पुष्टि भएको हो । धनगढी उपमहानगरपालिकामा मात्रै २६ जना कोरोना संक्रमित थपिएका छन ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40