सीताराम ओझा- धेरैको चाहना सरकारी जागीर खाने हुन्छ । त्यसका लागि लोकसेवा लड्नका लागि पनि निकै मेहनत गर्छन् । सरकारी जागीर भएमा धेरैले आफ्नो भविष्य सुरक्षित भएको महसुस पनि गर्छन् । समाजमा कतिपय यस्ता पनि मानिसहरु छन् जो सरकारी जागीर छोडेर निजि क्षेत्रमा चुनौतीसँग लडेर सम्भावना र अवसरको खोजी गर्छन् ।
तिनै मध्येका एक हुन ४६ बर्षीय विरुराम जैसी । कैलालीको लम्की चुहा नगरपालिकाका जैसी भएको सरकारी बैंकको जागीर छोडेर निजि बैंकमा चुनौतीहरुसँग लडेर अवसरहरुको सिर्जना गरिरहेका छन् । उनलाई अहिले एनएमबी बैंकको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ । त्यो पनि दुई प्रदेश हेर्ने गरी । कञ्चन डेभलपमेन्ट बैंक एनएमबीमा मर्ज भएपछि उनलाई यो जिम्मेवारी दिईएको हो ।
सुदुरपश्चिम प्रदेशका २४ वटा शाखा र चार वटा एक्टेन्सन काउन्टर तथा कर्णाली प्रदेशका तीन वटा शाखालाई हेर्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । बैंक मर्ज हुनु अघि उनी कञ्चनमा सिईओको रुपमा कार्यरत थिए । कञ्चन डेभलपमेन्ट बैंक स्थापना भएदेखि झण्डै चार बर्ष उनले सिईओको रुपमा काम गर्दै बैंकलाई नयाँ उचाईमा पुराएका थिए । आफ्नो १७ बर्षीय बैंकिङ करियरमा उनले सरकारी बैंक हुदैं विकास बैंक र अहिले वाणिज्य बैंकमा आफ्नो क्षमता देखाउन आईपुगेका छन् ।
विकास बैंकमा तल्लो तहका विपन्न वर्गहरुसँग बढी घुलमिल भएका उनी वाणिज्य बैंक मार्फत तल्लो तह र माथिल्लो व्यवसायीक बर्गहरुलाई कसरी समेटेर लैजान सकिन्छ भन्ने योजना बनाएर अगाडी बढिरहेका छन् । अछामको तत्कालीन कालेगडा पुख्र्यौली घर भएका जैसीको बाल्यकाल लम्की चुहा नगरपालिकामै वित्यो ।
कक्षा सातसम्म त्यही पढेका उनले २०४८ सालमा मुनुवाको जनता माविबाट एसएलसी पास गरे । आईएकम र बीबीएस नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट पास गरे । त्यसपछि काठमाण्डौं गएर २०५९ सालमा एमबीएस सिद्धाए ।
सामान्य परिवारमा जन्मिएका उनका बुबा सामान्य खेती किसानी गर्थे । भारतमा रोजगारी गरिरहेका दाईले पठाएको सानोतिनो रकमले उनले डिग्रीसम्मको पढाई गरेका हुन् । डिग्री पास भएपछि उनले नेपाल कमर्श क्याम्पसमा पढाउने काम गरे । झण्डै एक बर्ष काठमाण्डौंका क्याम्पसबाट पढाएर आफ्नो खर्चको जोहो गरे । २०६० सालमा नेपाल बैंक लिमिटेडमा जागीर खुल्यो । आवेदन दिए । पास पनि भए ।
उनी बैंकिङ क्षेत्रमा लाग्नुको कारण पनि एमबीएसको पढाईका लागि सवै कामहरु बैंक मार्फत नै हुने गर्थे । बैंकमा काम गर्नेहरुको उठवस लवाई खवाई गर्दा राम्रो लागेर उनी बैंकिङ क्षेत्रमा आकर्षित भएका हुन् । नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धकको रुपमा छिरेर ५ बर्ष काम गरे । नारायणघटा शाखामा दुई बर्ष काम गरेपछि नारायणघाट शाखामा सरुवा भए । कर्जा विभागमा तीन बर्ष काम गरेपछि उनले नेपाल बैंक लिमिटेड छोडे ।
सरकारी जागीर आरामदायी हुने चुनौती पनि केही नहुने ढुक्कले काम गरेर तलब खान पाईने तर उनलाई आरामले बसेर खान मन नलागेपछि सरकारी बैंक छोडेका हुन् । निजि बैंकमा चुनौतीहरु बढी हुने र आफ्नो क्षमता पनि देखाउने पाउने भएका कारण उनले एनसीसी बैंक काम गरे । साढे तीन बर्षको वसाईमा धेरै काम गरेर पनि देखाए । त्यसपछि उनको यात्रा विकास बैंकतिर लम्बियो ।
भागर्व विकास बैंकमा महाप्रबन्धक जिम्मेवारी सम्हाले । ११ महिना काम गरे त्यहाँ । त्यसपछि उनी गोर्खातिर लागे । मनास्लु विकास बैंकमा सिईओ भए । चार बर्ष काम गरेपछि उनी कञ्चन डेभलपमेन्ट बैंकको सिईओ बने । साढे चार बर्षसम्म काम गरेपछि कञ्चन मर्ज भएपछि उनको आबद्धता एनएमबी बैंकमा प्रदेश प्रमुख भएर काम गरिरहेका छन् ।
ठुलो बैंकमा काम गर्दा ठुला व्यवसायी, उद्यमीसँग भेटघाट र घुलमिल भईरहेको छ । विकास बैंकमा काम गर्दा विपन्न, आर्थिक अवस्था कमजोर भएका र सीप भएका लगानी नभएकाहरुसँग काम गरे । ठुलो पुँजीसँगै सानो सानो पुँजीलाई पनि कसरी आकर्षित गर्न सकिन्छ भनेर ठुलोदेखि सानो तहसम्मका कठिनाईलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर अवसरहरुको सिर्जना गर्दै अघि वढ्ने योजना बनाएका छन विरुलाल जैसीले ।
सुदुरपश्चिममा बैंकहरुले लगानी गर्न सक्ने धेरै क्षेत्रहरु देखेका छन उनले । कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । किसान र कृषि क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउने कुरामा ढुक्क छन उनी । पर्यटन क्षेत्रमा पनि लगानीको ठुलो सम्भावना छ भन्छन् । जलविद्युतका साथै साना मझौला उद्योगहरुका साथै स्वरोजगार बनाउने र अनुदानका कार्यक्रमहरु बैंकहरुले पनि ल्याउनुपर्ने बताउँछन् ।
प्रदेश तथा स्थानीय सरकारहरुले आफ्नो कार्यक्रमलाई कसरी बैंकहरुसँग टाईअफ गरेर जान सकिन्छ भनेर योजना बनाएमा जनताहरु लाभान्वित हुनुका साथै आर्थिक पारदर्शीता कायम गर्न र सुविधा दिने माध्यम बन्न बैंकहरु तयार रहेको उनको भनाई छ । सुदुरपश्चिममा वित्तिय साक्षरताको आवश्यकता महसुस गरेका छन उनले ।
धेरै ठाउँहरुमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुगेको छैन भने अधिकांश जनताहरुलाई यसका वारेमा जानकारी छैन । काम गर्न चाहने सीप भएका जाँगरले भरिएकाहरुलाई पुँजीको समस्या छ । त्यसलाई सम्बोधन गर्नुपर्ने बताउँछन् उनी ।
बैकिङ करियर थालेको एक बर्षपछि उनी बैवाहिक जीवनमा बाँधिएका थिए । वैवाहिक जीवन पनि १६ बर्ष नाघिसक्यो । एक छोरा छन जैसी दम्पतिका । छोठा कक्षा ८ मा पढ्छन् । श्रमति ईन्सुरेन्स कम्पनीमा काम गर्छन । अहिलेको परिवारको वसाई काठमाण्डौंमा । उनको बैंकिङ क्षेत्रको जागीर सकिन अझै धेरै समय छ ।
तर रिटायर्ड लाईफलाई सन्तुष्टिका रुपमा विताउने उनको योजना छ । उमेरमा आफ्नो लागि गरेपछि बुढेसकालमा समाजका लागि काम गर्नुपर्ने धारणा उनको छ । रिटायडपछि पनि सक्रियताका साथ लागेर समाज सेवालाई अंगाल्ने योजना बनाएको जैसीले बताए । आगामी दिनमा जैसीलाई उत्तरोत्तर प्रगतिको कामना ।