ज्योती लाईफ ईन्सोरेन्स चौथो बर्षमा प्रवेश
2020/09/24, 7:45
 
bima

जीवन बिमा कम्पनी ज्योती लाईफ ईन्सोरेन्स कम्पनीले चौथो बर्षमा प्रवेश गरेको छ । ईन्सोरेन्स कम्पनी तीन बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको हो । कम्पनीको तेस्रो बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईएको छ ।

2

ज्योती लाईफ ईन्सोरेन्स सुदुरपश्चिम प्रदेश कार्यालयले पनि बार्षिकोत्सव मनाएको छ । प्रदेश तथा धनगढी शाखा कार्यालयमा केक काटेर बार्षिकोत्सव मनाईएको छ । कार्यक्रममा पाँच जना अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।

2

भाद्र महिनासम्म तीन लाख प्रिमियम संकलन गरेकाहरुलाई सम्मान गरिएको हो । उनीहरु सिंगापुरमा हुने विश्व सम्मेलनमा सहभागीता जनाउन पहिलो चरणमा छनोट भएको ज्योती लाईफ ईन्सोरेन्सकी धनगढी शाखा प्रमुख बर्षा बमले जानकारी दिईन् । 

2

ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा, ज्योति म्यादी जीवन बीमा, ज्योति धनलाभ जीवन बीमा, ज्योति सुरक्षित भविष्य जीवन बीमा, ज्योति सुरक्षित बचत जीवन बीमा, ज्योति एकल सावधिक जीवन बीमा, ज्योति सीमित अवधि जीवन बीमा, ज्योति सामूहिक म्यादी जीवन बीमा र राइडर जस्ता पोलिसी बिक्री गर्दै आएको छ ।

2

सुदुरपश्चिमभरी तीन बर्षको अवधिमा चार हजार पाँच सय बढी नागरिकहरुको जीवन बीमा गरिएको ज्योती लाईफ ईन्सोरेन्स प्रादेशिक कार्यालयका प्रमुख देशराम चौधरीले जानकारी दिए । उनका अनुसार ईन्सोरेन्सको सुदुरपश्चिमभरी १३ वटा शाखा उपशाखा २२ जना कर्मचारी र एक हजार पाँच सयभन्दा वढी बीमा अभिकर्ता रहेका छन् ।

2

कम्पनीले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५ सय जना र लम्की चुहा नगरपालिकाका एक सय जना कर्मचारीको समुहमा दुर्घटना बीमा गरिएको प्रादेशिक कार्यालयका प्रमुख चौधरीले बताए । ज्योती लाईफ ईन्सोरेन्सले नेपालमै पहिलो पटक अन्य कुनै पनि कम्पनीसँग नभएका पोलिसी बिक्री गर्दै आएको छ ।

2

कम्पनीका अनुसार ३५ प्रकारका प्राणघातक रोगहरुको ५० लाखसम्मको बीमा, अभिभावक रहे पनि नरहेपनि २५ बर्षसम्म उच्च शिक्षा दिने बीमा, बीमा अवधिपछि पनि २० बर्षसम्म पेन्सन दिने बीमा योजनाहरु ल्याएको छ ।