
महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई युवतीसहित पक्राउ गरिएको खुलेको छ। सुन्धारा स्थित ईशान होटलबाट विष्टलाई युवती सहित पक्राउ गरिएको खुलेको हो।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। युवतीको साथमा होटलमा बसेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ पनि बरामद गरेको छ। बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ।
दार्चुला घर भएका ५१ वर्षीय विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले ११ लाख रकमको स्रोत नखुलेको र थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09