अमेरिकामा जमिरहेका टीकापुरका युवा व्यवसायी वासुदेव 
2020/09/25, 2:07
 
basudev adhikary

सीताराम ओझा-  अमेरिाका जो कोहीको सपनाको देश हो । त्यहाँ जानका लागि धेरै जना लालाहित हुन्छन् । तर त्यहाँ गएर पनि सफल हुनु भनेको चानचुने कुरा होईन् । तर अमेरिका गएकाहरु पनि स्थापित हुन थालेका छन् । तिनै मध्येका एक हुन् कैलालीको टीकापुरका वासुदेव अधिकारी ।

2

2

उनी डिभी परेर अमेरिका हानिएको १८ बर्ष भएको छ । यो अवधिमा उनी अमेरिकामा स्थापित युवा व्यवसायीको रुपमा आफ्नो छाप छोड्न सफल भएका छन् । अमेरिकामा व्यवसाय थालेको पनि १३ बर्ष जति हुन लागेको छ अधिकारीलाई । अहिले उनी एनआरएन अमेरिकाको केन्द्रिय सदस्य छन् ।

2

2

सुदुरपश्चिम समाजमा पनि आबद्ध उनी विभिन्न सामाजिक कामहरुमा पनि सक्रिय हुदैं आएका छन् । अमेरिकाका विभिन्न शहरहरुमा उनका धेरै ग्यास स्टेशन, लिक्युर, सीस्टोर छन् । सुरुवातमा भाडा लिएर चलाईएकाग्यास स्टेशन, लिक्युर, सीस्टोर  अहिले उनको आफ्नै नाममा छ । होटेल र अपार्टमेन्टमा पनि लगानी गर्दै व्यवसाय विस्तारको तयारीमा अधिकारी लागिरहेका छन् । 

1

2

अछाम पुख्र्यौली घर भएपनि उनको जन्म टीकापुरमा भयो । टीकापुरमै मावि तहसम्मको अध्ययन पनि गरे । चौधरी गाउँमा वाल्यकाल विताएका उनले खडक मेमोरियल स्कुलबाट एसएलसी पास गरे । उच्च शिक्षाका लागि काठमाण्डौं हानिए । पिपुल्स क्याम्पसबाट आईकम, ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट बीबीएस र शंकरदेव क्याम्पसबाट एमबीएस पुरा गरे । पढाईपछि उनी बैंकर बने ।

2

1

स्टान्डडए चाटर्स बैंकमा जागीर सुरु गरे । एसबीआई बैंकमा पनि जागीर गरे मात्रै ४५  दिन । उनले डिभि भरेका थिए । डिभि पर्यो । भएको बैंकको जागीर छोडेर सन् २००५ मा वासुदेव सपनाको देश अमेरिका हानिए । अमेरिका पुग्दा सुरुमा ग्यास स्टेशनमा काम गरे ।

2

2

साथीभाईहरुको संगत बढ्दै गयो । घुलमिल हुदैं गयो र अमेरिकाको वस्तुस्थिति पनि बुझे । सन् २००७ तिर व्यवसायमा हात हाले । तर सुरुवातका दिनहरुमा सफल भएनन् । गर्दै गए सिक्दै गए । शाखाहरु खोल्दै गएपछि सफलतातिर लागेका हुन उनी । साथीभाईहरुको लहैलहमा डिभि भरेका उनी अमेरिका जाँदा पढाई लेखाईकै लागि गएका हुन् ।

2

2

उनलाई आफ्नो पढाई अगाडी वढाउनुपर्छ भनेर लागिरहे पनि सन् २०१६ सम्म पनि पढे उनी । सिए बन्ने सपना थियो उनको । तर परिस्थतिले पढाईलाई अगाडी बढाउन सकेनन् । केही अप्ठेराका कारण उनले सिएको पढाई पुरा गर्न सकेनन् । 

2

2

१५ बर्षे वसाईमा दुई पटक नेपाल आएका छन उनी । अघिल्लो बर्ष मात्रै उनी गैरआवासीय नेपाली संघको चुनावमा भोट हाल्न आएका थिए । त्योभन्दा अघि एक पटक घरायसी भेटघाटका लागि । अब नेपाल फर्केर नआएपनि नेपाल प्रति औधी माया भएको अधिकारीले भिडियो कुराकानीमा भने ।

2

2

उनको परिवारमा दुई जना दाजुभाई र पाँच जना दिदी वहिनी रहेका छन् । त्यसमा दिदी वहिनीहरु आफ्नो घर गृहस्थी गरिरहेका छन भने उनका दाई नेपाल प्रहरीमा जागीरे छन् । एसपि विश्व अधिकारी अहिले काठमाण्डौंमा रहेका छन् । उनकी आमा कस्तुरी अधिकारी भने टीकापुरमै बस्छिन् ।

2

2

बुबाको नाममा हरिहर मेमोरियल ट्रष्ट खोलेका छन् । त्यसबाट सामाजिक कामहरु गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई पाठ्यपुस्तक, पोशाक र छात्रवृति दिदैं आएका छन् । अमेरिकन सुदुरपश्चिम समाज गौरा समाज लगायतमा उनी आबद्ध भएर सामाजिक काममा सहयोग पुराउँदै आएका छन् । मन्दिर निर्माण तथा डडेल्धुरामा पिसिआर मेसिनका लागि पनि उनले सहयोग गरेका थिए । 

2

2

उनका बुबा पनि नेपाल प्रहरीमा जागीरे थिए । द्धन्द्धकालमा तत्काली विद्रोही नेकपा माओवादीले उनका बुबाको हत्या गरेको थियो । वासुदेव अहिले अमेरिकामा श्रीमति र दुई छोरा सहित बस्दै आएका छन् । वैवाहिक जीवनमा बाँधिएको ८ बर्ष भईसकेको अधिकारी दम्पतिलाई ।

2

2

दुबै छोराहरुलाई नेपाली संस्कृति वोली भाषा सिकाईरहेका छन उनीहरुले । नेपाली साथीभाईहरुसँगको भेट उनीहरुका छोराछोरीसँग पनि सुदुरपश्चिमको कल्चर दिने गरिएको छ । नेपाली भाषामा पठनपाठन हुने पाठशाला पनि खोलिएको छ । हप्ताको एक दिन भएप्नि नेपाली भाषाको पढाई गराएर नेपाली भाषा र संस्कृति बारे जानकारी दिईरहेको अधिकारी बताउँछन् । 

2

2

सन् २०१६ मा पढाई रोकिएपछि उनी गैरआवासीय नेपालीहरुको हकहितका लागि अग्रसर भएका छन् । सानैद्खि सामाजिक काममा आबद्ध हुदै आएका उनी सामाजिक कामका लागि कहिल्यै पछाडी पर्दैनन् । एनआरएनमा आबद्ध भएर लागेको पनि चार बर्ष वितेको छ उनको ।

2

2

अहिले उनी गैरआवासिय नेपाली संघको केन्द्रिय सदस्य रहेका छन् । सन् २०१९-२१ सम्मको लागि भएको निर्वाचनमा जित हासिल गर्दै कार्यकाल पनि विताईरहका छन् । 

2

गैर आवसीय नेपालीहरुका लागि नै लाग्ने लाग्ने अधिकारीको योजना छ । एनआरएनलाई विश्वभरी छरिएका सवै जनाको साझा संस्थाको रुपमा अगाडी बढाउनुपर्ने, सवैको पहुँच, अपनत्व हुने गरी संस्थाहरुलाई अगाडी बढाउनुपर्ने अधिकारी बताउँछन् ।

2

2

गैरआवासीय नेपालीहरुको आगामी निर्वाचनका लागि उनी मुख्य पदहरुमा नै आउने तयारीमा रहेका छन् । त्यो जिम्मेवारीलाई पुरा गर्न आफुर तयार रहेको उनको भनाई छ । अमेरिकामा वसेर पनि जन्मभुमीका लागि काम गर्न कहिल्यै पछि नहट्ने उनको अठोट रहेको छ ।

2

2