
धनगढीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, वडा नम्बर ६ का ४२ वर्षीय पुरुष र वडा नम्बर १० का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाए।

वडा नम्बर ३ का ४१ वर्षीय पुरुष व्यापारी हुन् भने अन्य दुई जनाको खोजी भईरहेको उपमहानगरपालिकाले जनाएको छ। यो सँगै धनगढीमा संक्रमितको संख्या पाँच सय ३५ पुगेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40