कर्णाली नदीमा र्‍याप्टिङको रमाइलो
2020/09/26, 6:53
 
ryafting

बाजुराको हिमाली गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरन्जनका लागि बाजुरा भागमा पर्ने कर्णाली नदीमा ¥याप्टिङ्ग संचालनमा ल्याईएको छ। कर्णाली जल पर्यटन प्रवद्र्धनका लागि हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि पिलुचौर सम्म ¥याप्टिङ्ग संचालनमा ल्याएको गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताए। 

हिमाली गाउँपालिकाको आर्थिक सहयोग र रारा कैलाश टुर एण्ड कर्णाली ट्रेल नेपालको समन्वयमा ¥याप्टिङ्ग सञ्चालन भइरहेको छ। कर्णाली संरक्षण, उपयोग र व्यवस्थापन गर्दैे स्थानीयलाई रोजगारीको सृजना गरि पर्यटन प्रवद्धन गराउने उदेश्यले सञ्चालन गरीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताए। 

हिमाली गाँउपालिकाले कर्णाली क्षेत्र पर्यटकीय सम्भावनका दृष्टिले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गर्न र गाउँपालिकाको आम्दानीको श्रोतमा बृद्धि गर्न कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा ल्याएको उनले बताए। गाउँपालिकाले ¥याप्टिङ्ग सेवा संचालन गर्नका आर्थिक बर्ष २०७६/०७७ मा ९ लाख ५० हजार रकम बिनियोजन गरेको थियो ।

यो आर्थिक बर्ष १० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ। जिल्लाकै मुख्य आकर्षक केन्द्र विन्दुका रुपमा बग्ने कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा विस्तार भएसंगै आन्तरिक तथा बाह्य पर्यटकहरु ब्ढ्ने अनुमान गरिएको छ।