विङगरको ठक्करबाट मोर्निङ वाक गर्ने चार जना घाईते, एकको अवस्था गम्भीर
2020/09/26, 9:24

धनगढी–अत्तरिया ६ लेन सडकमा विङगरले ‘मोर्निङ वाक’ गर्ने चार जनालाई ठक्कर दिएको छ । भे १ ज ६१८ नम्वरको विङगरले ६ लेन सडक अन्तरगत अत्तरियाको मनिषा पेट्रोल पम्प अगाडि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले विङगरको ठक्करबाट चार जना घाईते भएको जानकारी दिए । घाईतेमध्ये गोदावरी नगरपालिका वडा नम्वर १ का ११ बर्षीय चादनी महराको अवस्था गम्भिर रहेको छ ।
उनलाई उपचारका लागि कोहलपुर पठाइएको छ भने अन्यको अवस्था सामान्य छ । विङगर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 10:37
2020/09/26, 9:24
2021/04/10, 7:48
2021/10/24, 11:37
2022/09/26, 12:59