सुदूरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो
2020/09/26, 12:56

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधी मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए।
भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए। मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १७ पुगेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41