खेलकुद गतिविधि रोकेका वेला फुटबल प्रतियोगिता आयोजना, वडा कार्यालयको सहयोग, प्रशासन बेखबर
2020/09/26, 10:47

विश्व महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड(१९) को त्रास कायमै रहेको समयमै कैलालीको ग्रामिण क्षेत्रमा क्लब स्तरीय फुटबल प्रतियोगिताहरु भएका छन् ।

कोरोना त्रासको बिच कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुरमा असोज २ गतेदेखि धेरै दर्शकको सहभागीतामा खुल्ला फुटबल प्रतियोगिता हुँदा कैलाली प्रशासन भने बेखबर भएको छ ।

ग्रामीण क्षेत्रका ३२ बटा क्लबको सहभागितामा प्रतियोगिता हुदै गर्दा भिडभाड गर्न र फुटबल प्रतियोगिता गर्नु हुदैन भनेर रोक्नुपर्नेमा वडा कार्यालयले पनि प्रतियोगिता गर्न सहयोग गरेको स्थानीय वासिन्दाले बताएका छन् ।
शनिबार सम्पन्न भएको प्रतियोगितामा वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम हुदै गर्दा सम्म पनि प्रशासन बेखबर देखिएको छ । जसले गर्दा कोरोनाको महामारी फैलिन सक्ने देखिएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41