
अछाममा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए । उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो । जिल्लामा हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । संक्रमितको संख्या १ हजार २२ रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19