धनगढीमा भारतबाट भित्रिएका नगरवासीहरुको व्यवस्थापन कसरी हुदैछ ? (भिडियो सहित) 
2020/05/23, 10:52
 
korona

धनगढी उप–महानगरपालिकाले भारत लगायत तेश्रो मुलुकबाट आएका नगरवासीहरुको व्यवस्थापन गरिरहेको जनाएको छ । यस अघि क्लष्टर अनुसारको क्वारेन्टाईन बनाएर राख्ने निर्णय अनुसार भारत लगायतका विदेशबाट आएकाहरुलाई सम्बिन्धत वडाको क्वारेन्टाईनमा राखेर व्यवस्थापनको काम भईरहेको धनगढी उपमहा नगरपालिकाले जनाएको छ । 
वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बरालको संयोजकत्वमा रहेको नगरको कोभिड १९ उप–समितिले एउटै ठाउँमा धेरै व्यक्तीहरुलाई राख्दा व्यवस्थापन गर्न समस्या हुने र त्यसले जोखिम पनि बढाउने भएकाले वडा अनुसार उद्धार गरिएका नगरवासीहरुको व्यवस्थापन हुने भएको छ ।

विदेशबाट आएका देशका अन्य भागबाट आएका र ¥यापिड टेष्ट गरिएका गरी एक वडाको क्वारेन्टाईनमा तीन किसिमले व्यवस्थापन गरिने संयोजक नारायण बरालले बताए । उनका अनुसार वडाको नगरवासीले आफ्नो घरबाट आवश्यक लत्ता कपडा ल्याउन लगाएर सोही अनुसार व्यवस्थापनको काम सुरु हुन लागेको बरालले जानकारी दिए ।