सुदूरपश्चिमको फुटबल विकासका लागि लागिरहेका प्रकाश
2020/09/30, 12:55
 
prakash shahi

सीताराम ओझा- ३१ बर्षीय प्रकाश शाही फुटबल भनेपछि हुरुक्कै हुन्छन् । फुटबलका प्रतियोगिताहरु हेर्नका लागि र सहयोग गर्नका लागि उनी सधैं अग्रसर हुने गरेका छन् । सुदुरपश्चिममा आयोजना हुदैं आएको सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरिरहेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव हुन् ।

2

2

2

2

क्लब स्थापनाका लागि लागेका उनी निरन्तर फुटबलको विकासका लागि लाग्दै आएका छन् । क्लबका अध्यक्ष सुरेश हमाललाई प्रतियोगिता आयोजना गर्नका लागि सहयोग पुराउँदै आएका छन् उनी । प्रायोजकको खोजीदेखि होस् वा अन्य व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिरहेका छन् उनले । सुदुरपश्चिममा स्तरीय गोल्डकप गरौं भनेर प्रस्ताव गर्ने युवा हुन् प्रकाश शाही । 

2

2

लामो समयदेखि फुटबल टीमलाई प्रशिक्षण गराईरहेका सुरेश हमालले लालवोझीमा हिमालय स्पोर्टस क्लब स्थापना गर्दै प्रशिक्षण दिईरहेका थिए । उनले पनि बर्षेनी फुटबल प्रतियोगिता आयोजना गर्दै आएका थिए भने विभिन्न प्रतियोगितामा सहभागीता जनाउँदै आएका थिए । नेपालगंजमा आयोजना सुरु भएको नेपालगंज गोल्डकपमा हिमालयन क्लबले सहभागीता जनाउने अवसर पायो । क्लब हिमालयनको भएपनि जर्सीमा भने सुदुरपश्चिम ११ लेखिएको थियो ।

2

2

कैलाली जिल्ला र आसपासका खेलाडीहरु सम्मिलित टोली फाईनल पुग्यो । सुदुरपश्चिमको टीम फाईनल पुगेको सुनेपछि प्रकाश लगायत उनका साथीहरु फाईनल हेर्न नेपालगंज गए । क्लबले गोल्डकप जित्यो । विभागीय टीमलाई हराएर च्याम्पीयन भएपछि यसले फुटबलमा नयाँ तरंग ल्यायो ।

2

1

सुदुरपश्चिमको टीम फाईनल पुगेको खबर पाएपछि फुटबलसँग आबद्ध र माया गर्नेहरु नेपालगंज पुगेका थिए । सुरेश हमालले आफ्नै खर्चमा खेलाडीहरु पाल्दै नियमित फुटबल प्रशिक्षण गर्दै आएका थिए । टीमले गोल्डकपको उपाधि जितेपछि सुदुरपश्चिममा पनि गोल्डकप आयोजना गरौं र त्यसका लागि सबै जना एक भएर लागौं भने प्रकाशले प्रस्ताव गरे ।

2

1

सबै जनाले हुन्छ भने र जन्मियो सुदुरपश्चिम ११ स्पोर्टस क्लब । यो क्लबको स्थापनामा तत्कालीन कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहको पनि महत्वपुर्ण हात रहेको छ । उनले क्लब स्थापनाका लागि ठुलो सहयोग गरेका थिए । क्लबका पदाधिकारीहरु को को रहने भनेर सरसल्लाह हुँदा सुरेश हमाल अध्यक्ष र प्रकाश शाही महासचिव भए । त्यसपछि हमाल, शाही र सिंहले आफुसँग रहेका युवाहरुलाई क्लबमा पदाधिकारी र सदस्य बनाए । क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्ने निर्णय भयो । हालसम्म गोल्डकपका चार संस्करण आयोजना भएका छन् ।

2

जसमा चौथो संस्करण आयोजना क्लबले नै जितेर ईतिहास रचेको छ । गोल्डकप आयोजन ागर्नका लागि धनगढी र सुदुरपश्चिममा पर्याप्त स्रोतहरु थिएनन् । प्रायोजकहरु सुदुरपश्चिममा लगानी पनि ईच्छुक हुन्थेनन् । गोल्डकप आयोजना गर्नका लागि भोकेका दुःखहरु प्रकाशले अहिले पनि भुलेका छैनन् । विभिन्न चुनौतीका बाबजुत पनि गोल्डकप आजको दिनसम्म देशकै सर्वाधिक धनराशीको गोल्डकपको रुपमा परिचित छ ।

4

2

पहिलो संस्करणमा विजेतालाई पाँच लाख उपविजेतालाई ढाई लाख, दोस्रो संस्करणमा विजेतालाई ११ लाख उपविजेतालाई साढे ५ लाख, तेस्रो संस्करणको विजेतालाई २१ र उपविजेतालाई १० लाख तथा चौथो संस्करणको विजेतालाई पनि २१ लाख र उपविजेतालाई १० लाख नगद पुरस्कार दिईएको थियो । सुदुरपश्चिम खप्तड गोल्डकप नामाकरणको प्रस्ताव पनि प्रकाशले नै राखेका थिए । धर्तीको भुस्वर्ग खप्तडको पहिचानसँगै फुटबलको विकासमा टेवा पुगोस भन्ने चाहना थियो ।  

2

2

प्रकाशको ईच्छा फुटबलका लागि अझैं केही गर्ने छ । यसक्षेत्रमा फुटबलका राम्रा खेलाडीहरु भएपनि उनीहरुलाई अवसरको खाँचो देखेका छन उनले । फुटबल एकेडेमी सञ्चालन गर्ने सोच बनाएका छन् । पढे लेखेर धेरै केही गर्न नसके पनि उनी आफ्नो नशा नशामा फुटबल बोकेर हिडिरहेको बताउँछन् । सबैको राजनितिक आस्था होला तर खेलकुदमा राजनिति हुनु हुदैंन । त्यसो भएमा खेलकुद क्षेत्र पछाडी पर्ने उनको निष्कर्ष छ ।

2

2

2

सामाजिक काममा सधैं अग्रसर हुने उनी फुटबलमै लागेका कारण राम्रो चिनजान भएको, साथीभाई बनेको अनुभव गरेका छन् उनले । त्यही भएर उनी फुटबलसँग निरन्तर साईनो गाँसेर अगाडी बढ्ने सोच बनाएर लागिरहेका छन् । उनलाई एन्फाको पदाधिकारी बनेर फुटबलको विकासमा लाग्ने ईच्छा छ । उनी त्यसका लागि निरन्तर लागिरहेको बताउँछन् । संघमा आबद्ध भएपछि फुटबल गतिविधिलाई सञ्चालन गर्न सहज हुने उनको विश्वास छ । 

2

प्रकाश जोरायलमा जन्मिए । बाल्यकाल जोरायलमै विताए । द्धन्द्धकालको समय थियो । कक्षा ६ सम्म जोरायलमै पढे । तीन कक्षासम्म अझ निजि स्कुलमा । त्यहाँ स्तरीय विद्यालय नभएको अवस्था र द्धन्द्धकाले पढ्ने वातावरण पनि थिएन् । माओवादी अभियानले पढाई प्रायः जसो प्रभावित हुदैं आएको थियो । जोरायलको निजि स्कुलका ८० प्रतिशतभन्दा बढी शिक्षक शिक्षिका बाहिरका थिए । एक दम्पति शिक्षक शिक्षिका दार्जिलिङका ।

2

2

उनीहरुले जोरायलको फाँटमा फुटबल सिकाउथे । प्रकाशले पनि त्यहीबाट फुटबल खेल्न थाले । कक्षा दुईमा पढ्दा ठुलो कपी राम्रो फुटबल खेलेको भनेर पुरस्कार पाएको उनलाई अहिले पनि याद छ । त्यही वेलादेखि किताब कापी बोलेर हातमा बल सहित स्कुल जाने आउने गर्थे उनी । पहाडमा भलिबलको क्रेज थियो । उनी भलिबलसँगै फुटबल पनि खेल्थे । त्यही बेला उनी तराई झरे । उनका बुबा टेकवहादुर शाही क्षेत्रपाल थिए । खान लाउन समस्या हुन्थेन् ।

2

4

बुबाले उनी सानो हुँदाखेरी नै ठेक्कापट्टाको काम गर्दै आएका थिए । विकास निर्माणका कामहरुको ठेक्का पनि पाउँथे । परिवारको अवस्था ठीकै भएका वेला उनको परिवार तराई झरेर अत्तरियामा बस्यो । उनी कक्षा ८ मा गुहेश्वरी माविमा भर्ना भए । त्यो वेला विद्यालय स्तरीय धेरै प्रतियोगिा खेले । स्थानीय क्लबबाट पनि कैलाली कञ्चनपुरका धेरै प्रतियोगितामा सहभागीता जनाए । कक्षा ९ र १० दुर्गालक्ष्मीबाट पढेर २०६३ मा एसएलसी पास गरे ।

2

2

प्लस टु दुर्गालक्ष्मी वहुमुखी क्याम्पसमै पढे । कक्षा ११ मा पढ्दा पढ्दै ईलम प्लस हेल्भेटासमा जागीर पाए । व्यवसाय प्रदायकको रुपमा काम थाले । कमाई पनि राम्रै गरे । गाउँ गाउँ पुगेर व्यवसाय सम्बन्धी तालिमहरु दिन थाले । सीपहरु सिकाउन थाले । जस कारण फुटबल खेल्ने रहर हुँदा हुदैं पनि जागीर र चोट लागेपछि फुटबल खेल्न पाएनन् । उनीसँगै फुटबल खेलेकाहरु राम्रो खेलाडी पनि बनेका छन् । उनको भने चोटपछि फुटबल खेलाडी बन्ने सपना टुट्यो । उनको फुटबल खेल जीवन टुंगियो । 

2

2

खैराना गाउँबाट उनको परिवार तेघरी वसाई सर्यो । दुई बर्षसम्म जागीर भएका कारण सामाजिक कामहरुमा सक्रिय हुन नपाएका उनी जागीरपछि भने हरेक सामाजिक काममा अग्रसर हुन थाले । गाउँमा वनदेवी युवा क्लब गठन थियो तर निष्क्रिय । सबै साथीभाई मिलेर क्लबलाई सक्रिय बनाए । विक्रम गुरुङ अध्यक्ष भए ।

2

2

उनी उपाध्यक्षमा वसे । सुसन जोशीलाई पनि जिम्मेवारी दिईयो । तीन जनाको सल्लाहमा फुटबल प्रतियोगिता आयोजना गर्ने निष्कर्ष निकालियो । गाउँकै रहेको सामुदायिक वनको जग्गामा फुटबल मैदान निर्माण भयो । २०७० सालमा वनदेवी युवा क्लबको आयोजनामा बिवाईसी कप फुटबल प्रतियोगिता सुरु भयो ।

2

प्रतियोगिताका लागि प्रायोजक खोज्नका लागि प्रपोजल खेल्ने काम प्रकाशले गरे । ईलम प्लस हेल्भेटासमा काम गर्दा सिकेको सीपलाई फुटबल प्रतियोगिता आयोजना गर्नका लागि प्रयोग गरे । २० हजार नगद पुरस्कार राखेर प्रतियोगिताको पहिलो संस्करण आयोजना भयो । धनगढीको नैनादेवी युवा क्लबले उपाधि जित्यो । सुदुरपश्चिममा स्तरीय फुटबल प्रतियोगिता गर्ने सोचले बिवाईसी कपको दोस्रो संस्करणमा पुरस्कार राशी एक लाख पुराईयो । दोस्रो संस्करण आयोजकले जित्यो । तेस्रो संस्करणमा पुरस्कार राशी दुई लाख पुग्यो ।

2

2

2

तेस्रो संस्करणमा पुग्दा बिवाईसी कपको पुरस्कार राशी सुदुरपश्चिमको सवैभन्दा वढी रहेको थियो । तेस्रो संस्करणमा भने आयोजकको टीमलाई हराउँदै हिमालयन युवा क्लबले उपाधि जित्यो । जुन क्लब सुरेश हमालको थियो । आयोजकले विदेशी खेलाडी पनि बोलाएको थियो ।

2

तर हिमालयनका खेलाडीहरुले विदेशी खेलाडी विरुद्ध पनि उत्कृष्ट खेल्दै उपाधि जिते । बिवाईसी कपदेखि नै यसक्षेत्रमा आयोजना हुने फुटबल प्रतियोगितामा विदेशी खेलाडी बोलाउने चलन चलेको हो । बिवाईसी कप आयोजना गर्दाका संयोजक थिए प्रकाश । उनलाई बिवाईसी कपदेखि खप्तड गोल्डकप आयोजना गर्दासम्म अत्तरियाका व्यवसायी धुव्र भट्टराईको सधैं साथ रह्यो ।

2

2

उनले पत्रकार सम्मेलनमै अब सुदुरपश्चिममा गोल्डकप आयोजना हुने घोषणा गरेका थिए । पछि बिआईसी लगायत अत्तरिया क्षेत्र र धनगढी क्षेत्रका युवाहरु पनि सुदुरपश्चिम ११ मा आबद्ध भए । गोल्डकप आयोजना भयो । तर बिवाईसी कप रोकियो । अघिल्लो बर्ष मात्रै बिवाईसी मेयर कप आयोजना भएको थियो । क्लबका अध्यक्ष सुसन जोशी, सुदुरपश्चिम ११ स्पोर्टस क्लबा पनि सदस्य रहेका छन् । विभिन्न गोल्डकप आयोजना गर्ने टीमका प्रकाश कम उमेरका महासचिव हुन् । 

2

2

फुटबलसँगै अहिले उनी अत्तरियामा खाद्यान्नको होलसेल तथा खुद्रा पसल चलाईरहेका छन् । कुनै समय उनले पनि विदेशिने तयारीमा लागेका थिए । त्यही वेला जोरायल बस दुर्घटनामा अंकलको निधन र आन्टी घाईते भईन् ।

2

उपचारका लागि लखनउ लैजानु पर्ने अवस्था आयो । तर जापान जनालाई ठीक बनाएर भिषा लाग्नका लागि लागेका बेला उनले आन्टीको उपचारलाई बढी प्राथमिकता दिए । जापान जाने सपनालाई पनि भिषा प्रक्रियापछि छोडे ।

2

त्योभन्दा अघि प्रहरीमा जागीर खाने ईच्छा पनि मारेका थिए । असईमा परिक्षा दिएका उनी सफल हुन सकेनन् । मनका सबै ईच्छा मारेर जीन्दगीको बाटो मोडिए पनि फुटबलसँग भने कहिले पनि केही भएन् । घर परिवार चलाउन जे सुकै काम गरेपनि फुटबलको माया नछोडेका कारण उनी निरन्तर यसैमा लागिरहेका छन् । प्रकाश जन्मभुमी डोटीका लागि पनि केही गर्न चाहन्छन् । फुटबलकै माध्यमले सहयोग गरेर विकास गर्नका लागि उनका पाईलाहरु अगाडी बढिरहेका छन् । डोटीका विभिन्न स्थानहरुमा  फुटबलको रहर ल्याउने चाहना बोकेका छन् उनले । 

2

आशा चन्दसँग वैवाहिक जीवनमा बाँधिएको १० बर्ष वितेको छ । हरेक कामहरुमा श्रीमतिको साथ पाएका छन् । उनका एक छोरा छन् । 
८ बर्षको छोरालाई फुटबलर बनाउने सपना बुनेका छन् उनले । नेपालमा पनि फुटबलर भएर बाँच्न सकिने आधार सिर्जना भएकोले आफ्नो सपना छोरालाई फुटबल बनाएर पुरा गर्ने धुनमा लागिरहेका छन् प्रकाश शाही । 

2

2