
धनगढीमा भएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का एक/एक जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का एक जना, चुरे गाउँपालिका वडा नम्वर ४ का एक जना, घोडाघोडी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको बताए।
यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनरवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08