
कञ्चनपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ मा आज बिहान ७ बजे थान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर ४५ बर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए।

मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको थापाले बताए। सोधपुछका लागि ट्याक्टर धनी समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08