देशकै उत्कृष्ट नवजीवन सहकारी हाकिरहेका रिटायर्ड बैंकर 
2020/10/02, 1:38
 
dammar guru

सीताराम ओझा- १९ बर्षको उमेर बैकिङ करियर सुरु गरेका डम्मर गुरु अझै थोकेका छैनन् । सरकारी बैंकबाट निरन्तर सेवा दिएर रिटायर्ड भएर पनि थाकेका छैनन् उनी । ३० बर्षसम्म कृषि विकास बैंकमा जागीर गरेर सेवा निवृत भएका उनी अहिले पनि सक्रिय रुपमा लागिरहेका छन् । ५० बर्षीय गुरुले देशकै ठुलो मध्येको एक नवजीवन को–अपरेटिभ्स लिमिटेडको महाप्रबन्धक भएर पछिल्लो एक बर्षदेखि सक्रियताका साथ लागिरहेका छन् ।

2

2

2

लेखा सहायकबाट बरिष्ठ शाखा प्रबन्धक भएर रिटायर्ड भएका उनलाई भेटन् जाँदा मैले सोधे–अब ३० बर्ष बैंकमा काम गरिसक्नु भयो, थाक्नु भएन, दिक्क लागेन ? आरामले बसु लागेन ? उनले मन्द मुस्कारमा उत्तर दिए–‘जुन दिन मान्छे थाक्छ जीन्दगी पनि थाक्छ नि । सकिन्जेल मेहनत गर्नुपर्छ । थाकेको दिन त दिमाग नै थाक्छ । जागीर सकिएपछि बसि हालौंला भन्ने थिएन ।’

2

2

हुन त उमेरको हिसाबले उनको रिटायर्ड हुने समय पुगेको थिएन । तर उमेर हदबन्दीले मात्रै ३० बर्षसम्म काम गरेपछि उनी सेवा निवृत भएका हुन् । उमेरले ५० बर्ष पुगेका उनी अहिले देशकै उत्कृष्ट भित्र पर्ने नवजीवन सहकारी हाकिरहेका छन् । बैंक र सहकारीमा फरक अनुभुती गरेका छन उनले । बैंकले नेपाल राष्ट्र बैंकको नियमानुसार चल्ने भएका कारण सबैं बैंकिङ कारोबार गर्छ । तर नवजीवनले भने सिमित बैंकिङ कारोवार मात्रै गर्छ ।

2

2

पहिले राष्ट्र बैंकले नै नियमन र अनुगमन गथ्र्यो तर अहिले सहकारी मार्फत सञ्चालन भईरहेको छ । बचत, कर्जा लगानी लगायतका सिमित बैंकिङ कारोबार गरिरहेको छ । त्यही भएर नवजीवन सहकारी अब बहुउद्देश्यीय हिसाबले अगाडी बढिरहेको छ । त्यसको प्रक्रियामा पनि अगाडी बढिरहेको गुरु बताउँछन् । मजगाउँमा गोदाम सञ्चालन गरेर धान खरिदको प्रक्रिया थालिसकेको सहकारीले आफ्नै ब्रान्डका चामल, पिठो ल्याउने सोच बनाएको छ ।

1

अन्य क्षेत्रमा पनि सहकारी लैजाने गरि अगाडी बढाईरहेका छन् उनले । नवजीवन सहकारीका अध्यक्ष चक्रवहादुर सिंह पनि कृषि विकास बैंकका रिटायर्ड बैंकर हुन् । अन्य पदाधिकारीहरु पनि विभिन्न क्षेत्रका जानकारहरु भएकोले सहकारीलाई प्रगतिको पथमा लैजान सजिलो भएको मान्छन् उनी । सहकारीका अहिलेसम्म धनगढी, अत्तरिया, सुख्खड, जोशीपुर, टीकापुर, बाँसगढी, आईबीआरडी र बाँसगढीमा सहकारीका शाखाहरुले सेवा दिईरहेका छन् । चौमला, हसुलिया, डडेल्धुरा र काठमाण्डौंमा पनि शाखा विस्तारको काम भईरहेको थियो तर कोरोनाको प्रभावले त्यसमा ढिलाई भएको छ । 

1

2

2

बैतडीको तत्कालीन त्रिपुरा सुन्दरी गाविसमा जन्मिएका डम्मरको वाल्यकाल गाउँमै वित्यो । आरवीसी गाउँमै किसान परिवारका कान्छा सन्तान । चार दाजुभाई मध्ये सबैभन्दा कान्छा उनी । गाउँकै स्कुलमा पढे हाई स्कुलसम्म । २०४३ सालमा एसएलसी गरेपछि सीमापारी पिथौरागढबाट ईन्टर पास गरे । त्यसपछि पढाईसँगै काम पाईन्छ भनेर उनी काठमाण्डौं हानिए ।

2

2

त्यो बेला कर्णाली पुल बनेको थिएन् । भारत हुदैं काठमाण्डौं जानुपर्ने । टनकपुर मैलानी हुदैं नेपालगंज भएर जेठा दाजुले काठमाण्डौं लगे उनलाई । जेठा दाजु भारतीय आर्मी थिए उनले नै केही खर्चको जोहो गरेर भाईलाई काठमाण्डौंमा पढाउने व्यवस्था मिलाए । काठमाण्डौंमा डेरा लिएर बसे उनी । एकै कोठामा तीन जना साथी मिलेर बस्थे । उनीसँगै गाउँकै दुई जना अरु । अहिले उनीसँगै बसेका एक जना शिक्षक भएका छन भने अर्का सोल्ट्री होटेलमा काम गरिरहेका छन् ।

1

2

त्यसपछि उनी अर्का साथी जोसँग पिथौरागढमा पनि ईन्टर पढ्दा सँगै बसेका थिए अर्जुन चन्द ठकुरीसँग बसे । जो अहिले नेपाल प्रहरीमा एसएसपी छन् । उनले केही समय अघि जिल्ला प्रहरी कार्यालय कैलालीको पनि प्रमुख भएर काम गरेका थिए । बीकम पढ्नलाई नेपाल कमर्श क्याम्पस मीन भवनमा भर्ना भए । पढाईसँगै उनीहरुको जमघट हुने र पत्रपत्रिकामा आएका विज्ञापन हेर्ने थलो थियो गोरखापत्र संस्थान अघिको चौतारो । जहाँ विभिन्न संघ संस्था र बैंकहरुका आवश्यकता सम्बन्धीका सुचनाहरु जो गोरखापत्रमा छापिएका हुन्छन् त्यसलाई टाँस गर्ने गरिन्थ्यो । त्यहाँका विज्ञापन हेर्नु उनको नित्यकर्म जस्तै थियो ।

2

2

एक दिन उनले कृषि विकास बैंकमा कर्मचारी आवश्यकताको सुचना देखे । त्यसको तयारी गरे । परिक्षा पनि दिए । तर नतिजा आउन ढिलो भयो । २०४५ सालमा भुकम्प पनि गयो । नेपालमा आन्दोलन भईरहँदा भारतले नाकाबन्दी पनि गरेको थियो । क्याम्पस पनि बन्द भयो । उनी बसको टिकट काटेर घर फर्किनलाई तयारी गर्दै थिए । त्यही वेला कृषि विकास बैंकमा नाम निस्किएको थाहा पाए । त्यसपछि मौखिक परिक्षा दिए र जागीर सुरु गरे । उनको पोष्टिङ महेन्द्रनगर भयो ।

2

2

उमेरले १९ बर्ष मात्रै पुगेका थिए । काठमाण्डौंको बीकमको पढाई पनि रोकियो । महेन्द्रनगरमा नासु सरहको लेखा सहायकमा डेढ बर्ष काम गरे । त्यहाँबाट दार्चुला गएर पनि डेढ बर्ष काम गरे । क्षेत्रीय कार्यालय धनगढी आएर ५ बर्ष काम गरे । त्यही क्रममा उनले कैलाली वहुमुखी क्याम्पसमा रोकिएको पढाईलाई पनि जागीरसँगै निरन्तरता दिए । प्रबन्धकमा वढुवा भएर उनी बैतडीको पुर्चौडी उपशाखामा प्रबन्धक भएर चार बर्ष काम गरे । फेरि फर्किएर क्षेत्रीय कार्यालय धनगढीमा तीन बर्ष विताए । बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वर उप शाखामा प्रबन्धक भएर ५ बर्ष काम गरे । 

2

2

सुदुरपश्चिमका विभिन्न शाखा उपशाखामा काम गर्दै गर्दा उनको अधिकांश जागीर जीवन क्षेत्रीय कार्यालय धनगढीमै वित्यो । तेस्रो पटक क्षेत्रीय कार्यालय धनगढीमा सरुवा भएर आन्तरिक लेखा परिक्षण शाखामा ६ बर्ष काम गरे । कैलाली वहुमुखी क्याम्पसको पढाई पनि चलेकै थियो । जागीरसँगै बीकम र एमबीएस केएमसीबाटै पास गरे ।

2

2

जागीरमा पनि वढुवा भईरहेकै थियो । धनगढीकै बैंकिङ कार्यालयमा कर्जा अधिकृत भएर तीन बर्ष काम गरेपछि उनी बरिष्ठ शाखा प्रबन्धक भएर महेन्द्रनगर गए । त्यहाँ दुई बर्ष काम गरेपछि पुनः धनगढी शाखाको बरिष्ठ शाखा प्रबन्धक भएर एक महिना काम गरेपछि उनले अवकाश पाए । अघिल्ला बर्ष २०७६ जेठ ५ गते ३० बर्षको उमेर हदबन्दीले कृषि विकास बैंकबाट रिटायर्ड भए । 

2

1

2

धनगढीकै नवजीवन सहकारी संस्थाले महाप्रवन्धक पदमा विज्ञापन खोलेको थियो । खाली बसेर के गर्ने भनेर उनले सो पदमा आवेदन दिए । महाप्रबन्धकमा योग्य भएको भन्दै सहकारीले नियुक्ती दिएपछि उनी २०७६ साउन १ देखि हालसम्म महाप्रबन्धक पदमा काम गर्दै सहकारीलाई हाकिरहेका छन् । उनका चार दाजुभाई मध्ये उनी सहित तीन जना आफ्नो जागीरबाट रिटायर्ड भईसकेका छन् । एक जना दाई पनि सपरिवार भारतको मुम्बईमा बसिरहेका छन् ।

2

2

2

एक जना दाई भारतीय आर्मी, अर्का दाई नेपाल प्रहरी र उनी कृषि विकास बैंकबाट रिटायर्ड भएर आफ्नो घर परिवार चलाईरहेका छन् । गुरुका सन्तान एक छोरी एक छोरा । हरेक काममा सहयोग गर्ने श्रीमति । जेठी छोरी एमएस्सी नर्सिङ पढिरहेकी छिन् भने छोरा विएस्सी फोरेष्टी अध्ययन गरिरहेका छन् ।

1

1

उनको वसाई अहिले बैतडीबाट धनगढीको जाँईमा सरेको छ । चार जनाको परिवारलाई सक्ने जति राम्रै गरेर हुर्काएका छन । पढाएका छन् उनले । आगामी दिनमा पनि निरन्तर काममा लागिरहेका रिटायर्ड बैंक डम्मर गुरुलाई उत्तरोत्तर प्रगतिको कामना । 

2