
जिल्ला समन्वय समिति डोटीको पत्रकार सम्मेलन एक मिनेटमा सकिएको छ। बार्षिक समिक्षा तथा चौथो जिल्ला सभाका निर्णय सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलन एक मिनेटमा सकिएको हो।

हलमा उपस्थित पत्रकारका हातमा जिल्ला सभामा गरिएको निर्णय हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले पत्रकार सम्मेलन सकिएको घोषणा गरे।
बिहान ११ बजेदेखि प्रांगडमा कुरीरहेका पत्रकार हल भित्र प्रबेश गर्न नपाउँदै सम्मेलन सकिएको थियो। यसरी पनि पत्रकार सम्मेलन हुन्छ र ? भन्ने प्रश्नमा समन्वय प्रमुख ऐरले भने, ‘के हुन पथ्र्यो र के भएन ?’

एक मिनेटमा पत्रकार सम्मेलन सकिएको पत्रकार नै चकित भएका थिए। बिहिबार र शुक्रबार दुई दिन संचालन भएको जिल्ला सभाको निर्णय सार्बजनिक गर्नका लागी पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26