
बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० बर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ बर्षीया छोरी आरती, ४ बर्षीया छोरी सन्तोसी, एब बर्षीया छोरी किस्मती र २ बर्षीय छोरा सम्मान वेपत्ता भएका हुन्।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताए।
सोही खोलामा झण्डै दुई महिना अगाडी पनि एक बालिका बगेर बेपत्ता भएकी थिइन्। सो खोलामा हरेक बर्ष ५÷६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08