
धनगढीमा ६१ हजार बढि नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर १३, महाकाली फर्निचर उद्योगमा जुवा खेलिरहेको सूचनापछि प्रहरीले ६१ हजार तीन सय ३० रुपैया सहित सात जुवाडे पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा उप–महानगरपालिका वडा नम्बर १३ का ५० वर्षका दिवाकर पाण्डे, ३४ वर्षका पुस्करदत्त पन्त, ३२ वर्षका नरेश बोहरा, ५८ वर्षका खिरुराम राना, ३० वर्षका धिरज साउँद, ४३ वर्षका राम बहादुर साउँद र ६३ वर्षका कृष्णानन्द गिरी रहेका छन्।
उनीहरुको साथबाट दुई थान तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08