ओसन पब्लिकेशनको पुस्तक लगाउन प्याब्सनको उर्दी, नमान्ने स्कुललाई १० हजार जरिवाना
2020/10/05, 7:25
 
book

धनगढीका निजि स्कुलमा ओसन पब्लिकेसनको पुस्तक लगाउन निजि स्कुलको छाता संग्ठन प्याब्सन धनगढीले उर्दी जारी गरेको छ । प्याब्सन धनगढीको कार्य समितिको निर्णय अनुसार सबै निजि स्कुलमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषय लगाउन उर्दी जारी गरेको हो । ती विद्यालयहरुलाई अनिवार्य रुपमा ओसनकै कम्प्युटर विषय लगाउन संस्थाको कार्य समितिले नै उर्दी जारी गर्दै निर्णय अनिवार्य रुपमा किताब लगाउन निर्देशन दिईएको छ । 

2

प्याब्सनको निर्णय नमान्ने स्कुललाई १० हजार जरिवाना बुझाउन परिपत्र गरिएको छ । निर्णय नमान्ने स्कुललाई कडा कारवाहीको चेतावनी पनि पत्र मार्फत नै दिईएको छ । सो पत्रलाई फेशवुकमा राख्दै द गार्डनर स्कुलका संस्थापक प्रिन्सिपल कैलाश दाहालले लेखेका छन्– प्याब्सनिष्ट साथीहरू लाई बधाई छ । के पत्रमा लेखिएको निर्णय कानुन सम्मत र स्पष्ट छ । कोभिड १९ को यस्तो विषम परिस्थितिमा पनि प्याब्सन सकृय रहेछ । बधाई तथा धन्यवाद छ । यो कुण्ठाको पराकाष्ठा हो ।

2

निर्णय नमान्ने निजि स्कुललाई अनिवार्य रुपमा जरिवाना रकम धनगढी स्थित नवजीवन को अपरेटिभ्समा जम्मा गरेर जरिवाना रकम तिरेको पत्र प्याब्सन कैलालीमा बुझाउन भनिएको छ । प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आवद्ध रहेका छन् । प्याब्सन धनगढीले अघिल्लो बर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरुमा कम्प्युटर किताब लगाउने सहमति गरेको थियो । सो सहमति नमान्ने स्कुललाई धम्कीपुर्ण भाषामा किताब लगाउन भनिएको छ ।

2

प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले भने संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको जानकारी दिए । उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए । ७ वटा विद्यालयहरुले लगाउने सहमति जनाईसकेका छन । दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन् । ओसन पब्लिकेशनले प्रायोजन वापत एक लाख ५० हजार रुपैयाँ प्याब्सन धनगढीलाई दिएको थियो ।