घाईते भएका क्रिकेटर ललित भण्डारी अस्पतालबाट डिस्चार्ज
2020/10/07, 6:56
 
accidnet

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारपछि राष्ट्रिय टिमका क्रिकेट खेलाडी ललित सिंह भण्डारी मंगलबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा उल्लेखय सुधार आएपछि मंगलबार उनी डिस्चार्ज भएको क्रिकेट खेलाडी संघले जनाएको छ।

गत भदौ २८ गते कञ्चनपुरमा उनी सवार मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए। धनगढीमा सामान्य उपचारपछि उनलाई नेपालगञ्जस्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो।

मेडिकल कलेजका चिकित्सकहरुको परामर्श अनुसार उनलाई थप उपचारका लागि ग्रान्डीमा रेफर गरेको थियो। क्रिकेट खेलाडी संघले भण्डारीको उपचार खर्च जुटाउन अभियान नै सञ्चालन गरेको थियो। अभियानका क्रममा १० लाख ८ हजार रुपैयाँ संकलन भएको थियो।