सुदूरपश्चिमको भू–स्वर्ग अर्थात् खप्तड घुम्ने मौसम (फोटो कथा)
2020/10/08, 7:05
 
khatpad

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड वरपर २२ वटा पाटन छन्। प्रकृतिप्रेमीका लागि खप्तड निकै रमाइलो छ । यो सूदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो । 

2
नाम सुन्नसाथै जाउँ जाउँ लाग्छ। अर्थात् खप्तड । भूगोलका हिसाबले यो सुदूरपश्चिम प्रदेशको एउटा ठाउँ हो, खप्तड राष्ट्रिय निकुञ्जका रुपमा रहेको छ ।

2

महत्वका हिसाबले यसले पाएको छ भूस्वर्गको उपमा । जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीट्जरल्याण्ड पनि भन्ने गरिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ बर्ग किलोमिटरमा फैलिएको छ ।

1

समुद्री सतहबाट २ हजार ४०० देखि ३ हजार ७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक । कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो ।

2

खप्तड वरपर २२ वटा पाटन छन्। छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने मौसम यहाँको विशेषता । अनि रंगीविरंगी फूलहरुले मैदान नै रंगीन गलैंचा बिछ्याए झैं देखिने । खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा छ । सिलगढी पुग्न पूर्व पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामान सँगै लिएर जानु बेस हुन्छ ।

2

किनभने खप्तडमा २० जना भन्दा बढी मानिस हुने वित्तिकै खाना र बासको समस्या पर्छ। होटलको सुविधा खप्तडमा पुगिसकेको छैन । पदमार्गीहरुका लागि डोटीको झिंग्रानाको प्रवेशद्धार उपयुक्त हुन्छ । झिंग्रानाबाट ३ देखि ४ घण्टा सिधा उकालो हिंडेपछि बिचपानी पुगिन्छ । त्यहाँबाट करिव ४ देखि ५ घण्टामा खप्तड पुग्न सकिन्छ ।

2

खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । अहिले त्यही मौसम चलिरहेको छ । शहरमा कोरोनाको महामारी फैलिइरहेका बेला बन्दाबन्दी, निषेधाज्ञा अनि यस्तै तनावमा खुम्चिनु भयो । त्यसबाट केही समयलाई भए पनि ध्यान मोड्न जाने होइन त खप्तड घुम्न ?

1