पोर्चुगल र स्पेन बराबरीमा, इटालीले गर्‍यो ६ गोल
2020/10/08, 12:16
 
fotball

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन्। पोर्चुगलको लिस्बनमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। 

नेसन्स लिगको वार्म अपको रुपमा लिइएको खेलमा पहिलो हाफ स्पेनले नियन्त्रणमा लिए पनि गोल गर्न सकेन। 

दोस्रो हाफमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले हानेको प्रहार क्रसबारमा लाग्यो।  यता अर्को मैत्रीपूर्ण खेलमा इटालीले घरेलु मैदानमा माल्डोभालाई ६-० गोलले पराजित गरेको छ। 

जितसँगै इटालीले अपराजित यात्रालाई १७ खेलसम्म लम्बाएको छ। इटालीका लागि शारवीले २ गोल गरे। उनले खेलेको २३ मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

यस्तै क्रिस्टान्टेले १८ मिनेटमा पहिलो गोल गरिदा कापुटोले २३ मिनेटमा अग्रता दोब्बर पारे।  माल्डोभाका पोस्काकले ३७ मिनेटमा आत्मघाती गोल गरेका थिए। इटालीका लागि खेलेको ७२ मिनेटमा बेरानडीले छैटौं गोल गर्न सफल भएका थिए।