सनराइजर्स हैदराबाद टोलीलाई स्टेडियममै पुगेर सपोर्ट गर्ने को हुन यी युवती ?
2020/10/09, 11:07
 
ipl

कोभिड–१९ को कारणले आईपीएलको १३ औं सिजन भारतमा नभएर युएईमा जारी रहेको छ । विश्वकै सबैभन्दा महंगो यो क्रिकेट लिग यसपटक ग्लामरबाट बन्चित हुन परेको छ । यसपटक केही सिमित अनुहारहरु मात्र रहेका छन जसलाई क्यामराले आफ्नो फोकसमा राखेको देखिन्छ । जसमध्ये प्रीती जिन्टा, शाहरुख खान, आकाश अम्बानी र काव्या मारन प्रमुख नाम रहेको छ । काव्या कारण पछिल्लो आईपीएल सिजन देखी सनराइजर्स हैदराबादको हरेक खेल तथा टोलीको क्रियाकलाप हरुमा देखा परिरहेकी छिन ।

काव्या पछिल्लो सिजनको आईपीएलमा हैदराबादको स्ट्यान्डमा डेभिड वार्नरको अगुवाईमा रहेको टोलीलाई ओरेन्ज जर्सीमा समर्थन गर्दे गरेको देखिएको थियो । त्यो समयमा उनी धेरे कम ब्यक्तिमाझ मात्र परिचित थिईन । डिसेम्बर २०१९ मा आईपीएलको लिलामीको बखत हैदराबादको
लागी बोली लगाउदै गरेको काव्यालाई देखेपछि उनी फेरि चर्चित भएकी छिन । हाल युएईमा जारी आईपीएलमा पनि काव्य तामझामका साथ स्टेडियममा पुगरे आफ्नो टोलीलाई समर्थन गरेको देखिन्छ ।

काव्या सनराइजर्स हैदराबादका मालिक कलानिधी मारनका छोरी हुन । कलानिधी मारन भारतकै सबैभन्दा ठुलो टेलिभिजन नेटवर्क मध्ये एक सन टिभीका मालिक हुन । एक उत्साहि क्रिकेट प्रसंशक सँगै २८ बर्षीय काव्या आफ्नो नेटर्वक सन टिभीका विभिन्न कार्यक्रमहरुमा पनि सक्रिय देखिन्छिन । न्यूयोर्क यूनर्भसिटीबाट एमबिए गरेकी काव्याले एमबिए पछि आफ्नो बुबा ब्यवसायमा सघाई रहेकी छिन ।