राखेप बोर्ड सदस्यमा सुदूरपश्चिमबाट कुँवर नियुक्त
2020/10/09, 6:49
 
rakhep

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बोर्ड सदस्य नियुक्त गरेको हो । मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

नयाँ बनेको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनोनित भएका छन् । प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर, पिछडिएको क्षेत्रबाट प्रदेश एककै चन्द्र बदना राई, महिलाबाट प्रदेश ५ की सुमित्रा चौधरी थारु मनोनित भएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ । ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइराला मन्त्रीपरिषदबाट नियुक्त भइसकेका छन् ।