सुदूरपश्चिमको देउडाको दम फर्काउने ‘अछामी बड्डो’
2020/10/10, 11:36
achhami baddo

फागुन असिनो बड्डो, चैत काफल झड्डो
आइगयो बड्डीका खोज, यो अछामी बड्डो

धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत हो यो । देउडाको परम्परागत लय र संगीत, देउडा गीतमा बढी भेटिने ख्यालठट्टा र भिडियोमा परम्परागत ‘खेल’ (नाच) देखाइएको यो गीत देउडाप्रेमी माझ जँचेको छ। यो गीत हिट मात्रै भएन, २०६२÷०६३ पछि हराएको परम्परागत देउडा गीतको माहोल समेत फर्काइदियो । पुरानै तरिकाका शब्द, लय र खेललाई समेटेर देउडा गीत बजारमा ल्याउने होडबाजी पछिल्ला वर्षहरुमा एकाएक बढेको छ । 

2

धेरै देउडा प्रेमीमाझ ‘अछामी बड्डो’ बोलको गीत चर्चित छ । लालबहादुर धामीको स्वरमा रहेको यो गीत सुदूर तथा कर्णाली क्षेत्रमा चलिआएको लय र देउडा गीतमा भेटिने ख्यालठट्टा र विम्बका कारण लोकप्रिय बनेको हो । गीतले पछिल्लो दशकमा हराएको लोक देउडा गीतको माहोल फर्काइदिएको छ । यस कारण परम्परागत शब्द, लय र नाचलाई समेटेर देउडा गीत गाउने गायकको संख्या पछिल्ला समय एकाएक बढेको छ । 

2

परम्परागत देउडा गीत गाउन खप्पिस धामीलाई पछिल्लो समय महिनामा एउटा गीत बजारमा ल्याउनैपर्ने ‘प्रेसर’ छ । उनको यो गीत देउडाप्रेमीले मन पराएपछि धामीलाई गीत गाउन लगाउनेहरू बढेका छन । यसपछि बजारमा आएका ‘डोटीकी छो¥याटी’, ‘यो बड्डो आइगयो’, ‘खप्तडी रोल’, ‘कहिले तो छाउ हुँदी’ लगायत गीत पनि हिट भइसकेका छन् । बड्डो आयो डिजेमा, पैसा कात्ररो लगायतका धेरै गीतहरु पनि हिट छन् उनका ।

2

झन्डै एक दशक गीत–संगीतबाट विश्राम लिएका धामीको स्टेज कार्यक्रममा व्यस्तता बढेको छ । सुदूर–कर्णाली क्षेत्रमा मात्रै होइन, यो क्षेत्रका बासिन्दा रहने विदेशी भूमिमा समेत स्टेज कार्यक्रमका लागि उनलाई निम्त्याउन थालिएको छ । सुदूरपश्चिम अछाम निवासी धामीका ५० भन्दा बढी गीत पछिल्ला दुई वर्षमै आइसकेका छन् ।

2

तीमध्ये अधिकांश गीत हिट छन । उनी यसलाई परम्परागत देउडा गीतको माहोल फर्केको रूपमा अथ्र्याउँछन् । ‘संगीतको मौलिक स्वादका पारखी फर्किएका छन्,’ उनी भन्छन् । देउडा गीत सुनिने क्षेत्रमा समेत यसको प्रभाव घटेको समयमा देउडा जीवित राख्न उनी रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय थिए ।

2

कञ्चनपुरमा रहेको रेडियोमा उनी ‘अछामी बड्डो’का रूपमा देउडा गीत सुनाउने कार्यक्रम ‘भुटन भाटन’ चलाउँथे । देउडा भनेपछि नाक खुम्च्याउने पुस्तालाई सुन्न पल्काउन उनले यस्तो प्रयोग गरेका थिए । जसले देउडाप्रेमीमा देउडा मोह बढायो भने गैर–देउडाप्रेमीलाई पनि आकर्षित ग¥यो ।

2

त्यसपछि उनले यही ‘अछामी बड्डो’लाई केन्द्रमा राखेर गीत लेखिदिन देउडा गीत लेखकका रूपमा चर्चित राजेन्द्र शाह विपीलाई आग्रह गरे । विपीको मौलिकता मिसिएको शब्द, विनोद बाजुरालीको संगीत र भीम थापाको देउडा खेल देखाउने म्युजिक भिडियोले जादु छ¥यो । देउडा सुन्न छाडेका सुदूर–कर्णालीका स्रोता फेरि यतैतिर फर्किए । 

2
धामी २०५५ सालदेखि देउडा गायनमा सक्रिय छन् । ‘मायाजाल’ एल्बमबाट देउडा गाउन थालेका उनी पहिलो गीतबाट हिट गायकका रूपमा दरिए । प्रविधिको विकास देउडाका लागि बाधक भइदियो । टेपरेकर्डको ठाउँ मोबाइलले लिँदा एल्बम बिक्न छाडे । क्यासेट किनेर भन्दा मेमोरी कार्डमा गीत सारेर सुन्न थालिएपछि देउडा गीतलाई करिअर बनाइरहेका धामी जस्ता कलाकार लाखापाखा लाग्न बाध्य भए । धामी भन्छन्, ‘देउडा गीत सुन्न चाहनेहरू कम भएपछि मैले पनि लामो समय यस क्षेत्रबाट विश्राम लिएँ ।’

1

देउडा गायनमा चर्चित भइसकेका धामीले एकाएक हराए । उनी पढाइ, व्यवसाय र अन्य काममा सक्रिय भए । देउडापछि पर्नुको कारण प्रविधिलाई आत्मसात गर्न नसक्नु रहेको उनी बताउँछन् । ‘केही समय देउडा पछि पर्नुको कारण प्रविधिलाई राम्ररी उपयोग गर्न नसक्नु हो,’ उनी भन्छन्, ‘प्रविधिको उपयोग गर्न नसक्दा गुणस्तरीय साउन्डमा देउडा गीत आएन । हामीले आफू बाँच्नका लागि डिजिटल प्लेटफर्म खोज्न सकेनौँ ।’

2

देउडाको दम सुदूरपश्चिममा मात्रै नभइ अहिले देशव्यापी फर्किएको उनको बुझाइ छ । ‘राष्ट्रिय स्तरमा पहिचान बनाइसकेका गायक गायिका पनि देउडा गीत  गाइरहेका छन्,’ उनी भन्छन्, ‘फिल्ममा देउडा गीतको प्रयोग भइरहेको छ ।’ परम्परागत देउडा झल्किने गीत र लय संकलन गर्न सक्नेको भने उनले अभाव देखेका छन् ।

2

‘देउडा जोगाउने हो भने यसको मर्म नमर्ने गरी लेख्ने र संगीत गर्न सक्ने मान्छे अझै यस क्षेत्रमा आउनुपर्छ,’ उनी भन्छन् । अहिले देउडा गीतभन्दा सुदूर र कर्णाली क्षेत्रको भाषामा आधारित गीत बनाउनेहरूको होड चलेको छ । जसरी भए पनि  देउडा संगीतको मूलधारमा आइरहँदा आफूलाई खुशी लागेको धामी बताउँछन्।

2

 ‘केही वर्ष अघिसम्म देउडा मात्रै सुनिने क्षेत्रमा पनि अन्य गीतले कब्जा गरेका थिए,’ उनी भन्छन्, ‘अहिले मूलधारमा समेत देउडाले हिस्सा खोजेको छ ।’ गायक धामीलाई अचेल उनको नामले भन्दा ‘अछामी बड्डो’ भनेर चिन्ने धेरै छन् । ‘कतिले देउडाको दम फर्काउने बड्डो भन्छन्,’ उनी सुनाउँछन्, ‘मलाई निकै खुशी लाग्छ ।’