लुकिछिपी भारतीय जंगलबाट आउने क्रम वढेपछि कञ्चनपुरको दोधारा झोलुंगे पुलमा तालाबन्दी
2020/05/24, 7:23
कञ्चनपुरको दोधारा चँदनी झोलुंगे पुलमा तालाबन्दी गरिएको छ । भारतीय क्षेत्रबाट अवैध बाटो हुँदै आउने व्यक्तीहरूको संख्या दिन प्रतिदिन बढ्न थालेपछि तालाबन्दी गरिएको छ ।
सीमा नाका गड्डाचौकीबाट भित्रिने व्यक्तीहरूलाई प्रशासनले रोक लगाएपछि धेरैजसो व्यक्तीहरू लुकिछिपी भारतीय जंगलको बाटो हुँदै कञ्चनपुरको महाकाली नगरपालिका भित्रिने गरेको र त्यसपछि उनीहरूको उद्धारका लागि दोधाराचाँदनी झोलुङ्गे पुलको बाटो प्रयोग हुने गरेको छ ।
निरन्तर आवागमन बढेपछि सो क्षेत्रमा कोरोना भाईरस संक्रमणको जोखिम बढेको भन्दै भीमदत्त नगरपालिका वडा नम्बर १३ का स्थानीयले झोलुङ्गे पुलको मुल गेटमा आईतबार ताला लगाएका हुन् ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/18, 7:54
2021/01/26, 6:55
2021/08/26, 10:06
2022/06/18, 7:52
2023/10/02, 7:57